२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

विपद् व्यवस्थापनमा तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

Nada
२०८३ असोज २७ गते १३:२३
Shares
विपद् व्यवस्थापनमा तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियनको सुरुवात गर्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले वैज्ञानिक तथ्य, तथ्यांक र अनुसन्धानलाई आधार बनाएर विपद्सम्बन्धी नीति निर्माण बनाउन आवश्यक रहेको बताए । विपद्का व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ ।

विपद् व्यवस्थापनका संयन्त्रलाई आवश्यकताअनुसार स्वतः परिचालित हुने गरी तयार गर्न सकेमा मात्रै भविष्यका चुनौती सामना गर्न सहज हुने उनले बताए । विपद्का बदलिँदा स्वरूप र जोखिमका संकेतलाई ध्यानमा राखेर आगामी दिनमा पनि पूर्वतयारीलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

उनले विपद् आउनुअघिको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । सरकारले भिजुअलमा आधारित अनुगमन प्रणाली विकास गरेपनि पर्याप्त नभएको उनको भनाइ छ ।

उपलब्ध तथ्यांकको आदानप्रदान र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट विपद्का सम्भावित जोखिम तथा घटनाका ढाँचा पहिचान गर्न सकिने उनको भनाइ छ ।

नेपालमा विपद्का प्रकृति फरक–फरक रहेकाले त्यसअनुसार तयारी गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय नेपालमा देखिएका बाढीको प्रकृति परिवर्तनप्रति पनि शतर्क रहनुपर्ने उनले बताए ।

माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान र निगरानीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर