२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असोज २७ गते १२:४२
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

ncell

आज सुन तोलामा दुई हजार २०० रुपैयाँले घटेर दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला रु दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी तोलामा ६० रुपैयाँले घटेर  चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार ४१५ कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर