२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

Nada
२०८३ असोज २७ गते १४:४०
Shares
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन् ।

ncell

हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे ।

मन्त्री डा तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

मन्त्री तिमिल्सिनाले भने, “अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन, यसको सेवामा परिवर्तन हुँदै आएकाले नेपालमा पनि हुलाकलाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि, साधनस्रोत सम्पन्न र दूरदराजका जनतासम्म सेवा पुर्याउने कार्यमा सहयोग गर्न सरकार  लागिपरेको छ ।”

उनले विगतमा हुलाकका गतिविधि, कमीकमजोरी र देखिएका समस्याको पहिचान गरी आगामी दिनमा हुलाकको काम प्रभावकारी बनाउन मतहतका कर्मचारीको विशेष पहल आवश्यक रहेको बताए ।

मन्त्री तिमिल्सिनाले बजेट अभाव, साधनस्रोत कमी र कार्यसम्पादनमा जटिलता देखाएर कुनै पनि कर्मचारी आफ्नो अधिकार र कर्तव्यबाट नपन्छिन निर्देशन दिए । 

हुलाकको सेवालाई छिटोछरितो र गुणस्तरीय बनाउनेमा विभाग मातहतका सबै निकाय र कर्मचारीको सकारात्मक सोच र प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ ।

सरकारले हुलाकमा गरेको लगानीको पूर्ण सदुपयोग गर्न कर्मचारीतन्त्रले सकारात्मक सोच र प्रतिवद्धताका कार्यसम्पादन गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर