
काठमाडौँ : सभामुख डोलप्रसाद (डीपी) अर्याल स्वदेश फर्किएका छन् ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी भएर उनी आज स्वदेश फर्किएका हुन् ।
तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सहभागी हुन असोज १८ मा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल त्यसतर्फ प्रस्थान गरेका थिए ।