२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कोका–कोलाको ‘भरौँ खुसी’ अभियान

Nada
२०८३ असोज २८ गते २०:४३
Shares
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान

काठमाडौं : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ ।

ncell

‘भरौँ खुसी’ अभियान सुरू भएदेखि नै सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचर विजेताका रूपमा छनोट भइसकेका छन् भने अरू धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्ना परिवारसँग दशैँ मनाउन घर जाने अवसर अझै बाँकी रहेको छ । भदौ १८ देखि कात्तिक २९ सम्म लागू हुने यस योजनाले सहभागीहरूलाई दशैँ विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट र फ्यान्टाको पेट बोटलमा उपलब्ध क्युआर कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गरेर भौचर जित्ने मौका प्राप्त गर्न आह्वान गर्दछ ।

कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले भने ‘दशैँ भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो । नेपालीहरूका लागि दशैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ । ‘भरौँ खुसी’ मार्फत हामी यीनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ ।’

ताजा खबर

सम्बन्धित खबर