२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

माछापुच्छ्रे बैंकका ग्राहकलाई विजयपुर हस्पिटलमा विशेष छुट

Nada
२०८३ असोज २८ गते १५:०६
Shares
माछापुच्छ्रे बैंकका ग्राहकलाई विजयपुर हस्पिटलमा विशेष छुट

धरान : विजयपुर हस्पिटल प्रा.लि. र माछापुच्छ्रे बैंकको धरान शाखाबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

ncell

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा विजयपुर हस्पिटलमा विशेष छुट प्राप्त गर्नेछन् ।

हस्पिटलमा भर्ना तथा बेड शुल्कमा १० प्रतिशत, अपरेसन (ओटी) शुल्कमा ५ प्रतिशत, जाँच तथा परीक्षण शुल्कमा १० प्रतिशत र औषधि खर्चमा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।

सम्झौतापत्रमा विजयपुर हस्पिटलका अध्यक्ष डा. पंकज खतिवडा र माछापुच्छ्रे बैंक धरान शाखाका प्रमुख होमराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले बैंकका ग्राहकलाई स्वास्थ्य सेवा लिँदा सहुलियत प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर