२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दसैंमा शुद्ध पानी र स्वस्थ जीवनशैली अपनाउन केन्ट आरओको आह्वान

Nada
२०८३ असोज २८ गते १२:३५
Shares
दसैंमा शुद्ध पानी र स्वस्थ जीवनशैली अपनाउन केन्ट आरओको आह्वान

काठमाडौं : नेपालीहरूको महान् पर्व दसैं नजिकिँदै गर्दा घर-परिवारमा भेटघाट र उत्सवको माहोल सुरु भएको अवसरमा केन्ट आरओले शुद्ध पानीका साथ परिवारको स्वास्थ्य र खुसी मनाउन सबैमा आह्वान गरेको छ । पर्वका बेला खानपान र उत्सवको समयमा परिवारको स्वास्थ्यलाई प्राथमिकता दिँदै सफा र शुद्ध पिउने पानी दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा हुनुपर्नेमा कम्पनीले जोड दिएको छ ।

ncell

'शुद्ध पानी, स्वस्थ भोलिका लागि' भन्ने प्रतिबद्धताका साथ केन्ट आरओले आधुनिक प्रविधिमार्फत पानीका हानिकारक अशुद्धता हटाउँदै शरीरका लागि आवश्यक खनिजहरू कायम राख्ने वाटर प्युरिफायर समाधानहरू उपलब्ध गराउँदै आएको छ । यस प्रविधिले पिउने पानीलाई सुरक्षित, पोषणयुक्त र स्वादिलो बनाउन सहयोग पुर्‍याउँछ ।

पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको अनुभव र विश्वास बोकेको केन्ट आरओका प्युरिफायरहरूलाई लाखौं परिवारले भरोसा गर्दै आएका छन् । साथै, कम्पनीका उत्पादनहरूमा १२ महिनाको वार्यान्टी समेत उपलब्ध रहेको उल्लेख गरिएको छ ।

दसैंको पावन अवसरमा केन्ट आरओले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा पारिवारिक खुसीको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

सम्बन्धित खबर