२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

Nada
२०८३ असोज २८ गते २०:४२
Shares
सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा काठमाडौंमा सभा सम्पन्न भएको हो ।

ncell

साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसासहित जम्मा ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ ।

बैंकको २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको छ । सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।

ताजा खबर

सम्बन्धित खबर