२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

कांग्रेस १५औं महाधिवेशन : नयाँ नेतृत्व चुन्न मतदान सुरु

Nada
२०८३ असोज २३ गते ०८:५२
Shares
कांग्रेस १५औं महाधिवेशन : नयाँ नेतृत्व चुन्न मतदान सुरु

काठमाडौँ : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

ncell

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३:०० बजेसम्म मतदान हुनेछ ।

महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् । अहिले राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ बागमती प्रदेशको मतदान भइरहेको छ भने खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान भइरहेको छ ।

मतदान सकिएपछि आजै मतगणना गरिने छ ।

सम्बन्धित खबर