२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

कांग्रेसको निर्वाचन आज नहुने, भोलि बिहान ७ बजेमात्रै मतदान

Nada
२०८३ असोज २२ गते १६:११
Shares
कांग्रेसको निर्वाचन आज नहुने, भोलि बिहान ७ बजेमात्रै मतदान

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ ।

ncell

बिहान १० बजेका लागि तय गरिएको मतदान समय तीनपटक सार्दै दिउँसो साढे २ बजेसम्म पुर्‍याइएको थियो । तर, उक्त समयमा पनि मतदान सुरु हुन सकेन। त्यसपछि केन्द्रीय निर्वाचन समितिले आजका लागि अर्को समय तोकेन ।

समयमै मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले भोलि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेको छ ।

निर्वाचन समितिका अनुसार मतदानका लागि आवश्यक निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको हो ।

ताजा खबर

सम्बन्धित खबर