२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

Nada
२०८३ असोज २१ गते १७:४४
Shares
उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन् । 

ncell

चालिसेले आज उम्मेदवारी फिर्ता लिएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए । यसअघि मङ्गलबार उनले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत छन्  ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि बिहीबार  मतदान हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर