२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कांग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

Nada
२०८३ असोज २१ गते १२:२४
Shares
कांग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताएका छन् ।

ncell

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताएका हुन् । उनले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए । कांग्रेसको अधिवेशनमा उपसभापति पदका उम्मेदवार दिएका पाण्डेले पार्टीभित्र सबै पक्षलाई समेटेर कांग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोश–जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ ।’

उनले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न पनि आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर