
काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । खतिवडाले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्रीको खुला समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
खतिवडा यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए । उनी ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् भने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
१५औं महाधिवेशनमा सहमहामन्त्री पदमा खुला समूहबाट खतिवडासहित विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन् ।