२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री पाण्डेको उम्मेदवारी

Nada
२०८३ असोज २० गते १५:०१
Shares
कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री पाण्डेको उम्मेदवारी

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

ncell

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि भइरहेको मनोनयन प्रक्रियामा पाण्डेले खुला समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय सभागृहस्थित मनोनयन स्थलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका छन् ।

पाण्डेले एक दिनअघि मात्रै उपसभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका थिए । उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै लैजान आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।

पाण्डे कांग्रेसमा तीन पटक केन्द्रीय सदस्य भइसकेका नेता हुन् । उनले चार दशकभन्दा लामो समय पार्टीमा काम गरेको उल्लेख गर्दै संगठन र सरकार सञ्चालनबाट प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वमा उपयोग गर्ने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर