२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

प्रचण्डले बोलाए  केन्द्रीय कार्यसंयोजन समितिको बैठक, झलनाथ खनालको अभियानबारे पनि छलफल हुने

Nada
२०८३ असोज १९ गते १८:०३
Shares
प्रचण्डले बोलाए  केन्द्रीय कार्यसंयोजन समितिको बैठक, झलनाथ खनालको अभियानबारे पनि छलफल हुने

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक आह्वान गरेका छन् । बैठक २३ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

ncell

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टीको महाधिवेशन र दुई महिने अभियानबारे छलफल हुने बताइएको छ । प्रवक्ता ज्वालाका अनुसार बैठकले महाधिवेशनको कार्यतालिकासमेत तय गर्नेछ । 

यसैबीच, नेता झलनाथ खनालले सुरु गरेको ‘समाजवादी जागरण अभियान’ पनि बैठकमा छलफलको विषय बन्ने भएको छ । पार्टीभित्र खनालले पार्टी छाडेको चर्चा भइरहे पनि उनले त्यसबारे औपचारिक जानकारी नगराएको एक नेताले बताएका छन् ।

खनालले पार्टी कारबाहीमा परेका नेताहरूसँग मिलेर अभियान घोषणा गरेको विषयलाई बैठकमा गम्भीरतापूर्वक छलफल गरिने ती नेताको भनाइ छ । उनका अनुसार आगामी बैठकमा खनाल स्वयं उपस्थित भएर अभियानबारे स्पष्ट पार्नु उपयुक्त हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर