
काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत महर्जनले राष्ट्रिय सभागृह पुगेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
महर्जनले यसअघि नै स्थानीय तहमा काम गर्दा हासिल गरेको ज्ञान, सीप र अनुभव पार्टीमार्फत अन्य स्थानीय जनप्रतिनिधिसम्म पुर्याउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका थिए ।