२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कांग्रेस महाधिवेशन : जनसम्पर्कका ७ कोटामा ३३ जनाको उम्मेदवारी

Nada
जीवन शर्मा
२०८३ असोज २१ गते २१:१६
Shares
कांग्रेस महाधिवेशन : जनसम्पर्कका ७ कोटामा ३३ जनाको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन स्थलमा प्रतिनिधिहरुसँग भोट माग्दै गरेका इन्द्र प्रसाद शर्माले प्रवासको ज्ञान, पुँजी तथा प्रविधिलाई नेपालको विकाससँग जोड्ने मुख्य एजेन्डा सुनाए । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदातामाझ भेटिएका शर्मा युरोप क्लष्टरबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् । नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्ष समेत रहेका शर्माले राजनीतिसँगै अन्य सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् । 

ncell

स्पेनमा रहेर लामो समयदेखि नेपाली कांग्रेसको विचार प्रवासमा विस्तार गर्दै युरोपस्थित नेपाली समुदायको सुख–दुःखमा योगदान पुर्‍याउँदै आएको शर्माले दाबी गरेका छन् । कांग्रेसको नयाँ विधान अनुसार युरोप क्लष्टरबाट एक जनाका लागी शर्मासहित ८ जनाले उम्मेदवारी दिएका हुन् । उनीसँग प्रतिस्पर्धामा अन्य सात जना उम्मेदवार छन् । युरोप क्षेत्रबाट इन्द्रप्रसाद शर्मा, जितेन्द्र विक्रम शाही, टंक लम्साल, अंकित ओली, पूर्ण तिमिल्सिना, पूर्णबहादुर हमाल, विजय मोक्तान र विश्व आदर्श पण्डितको उम्मेदवारी रहेको निर्वाचन समितिले जनाएको छ । 

युरोपबासी नेपालीलाई लोकतान्त्रिक विचारमा समाहित गर्दै प्रवासको ज्ञान, पुँजी तथा प्रविधिलाई नेपालको विकाससँग जोड्ने मुख्य एजेन्डा रहेको शर्माले बताएका छन् । अन्य उम्मेदवारहरु पनि आआफ्नो पक्षमा मतदान गर्न आह्वान गर्दै मतदतामाझ केन्द्रीत छन् । युरोपका लागी कांग्रेसले कान्द्रीय समितिमा एक जना आउने व्यवस्था गरेको छ । जनसम्पर्क समितिमार्फत केन्द्रीय समितिमा आउनु पर्ने महिला दुईजनाका लार्गी ६ जनाले उम्मे्दवारी दिएका छन् । महिला क्लष्टरमा उम्मेदवार बनेकी सीता सापकोटा घिमिरेले नेतृत्वमा नयाँ पुस्ताको जवरजस्त उदयले कांग्रेसमा उत्साह थपेको बताउछिन् । महिला कोटामा उम्मेदवार बनेकी सापकोटाले मतदातामाझ नेपाली कांग्रेसलाई विदेशस्थित जनसम्पर्क समितिमा जोड्ने र दुबै तर्फका समस्या समाधानमा आवश्यक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै मतदालाई विश्वास दिलाउदै हिडेकी छन् । दुई जना महिला कोटाकालागी सीता सापकोटासहित चन्दा अधिकारी, नन्दि कुमारी न्यौपाने, निर्मला थापा मगर, रविना थापा, डा.संगीता कार्की कुँवर र उम्मेदवारी दिएका छन् । यीमध्ये दुई जना निर्वाचित हुने केन्द्रीय निर्वाचन समितिको भनाइ छ । 

नेदरल्यान्डबाट महाधिवेशन प्रतिनिधि भएर आएका शालिक गौतमले रूपान्तरित तथा युवाको बाहुल्यता रहेको पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताए ।  उनी युरोप क्लष्टरबाटै उम्मेदवर छन् । ‘म केन्द्रीय सदस्य भएर युरोपमा बस्ने नेपाली र नेपाली कांग्रेसबीच समन्वयको पुल बन्न चाहान्छु,’ उनले भने । 

उता एसिया–प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका दण्डपाणि कँडेल आफुले सहजै जित्ने दाबी गर्दै आएका छन् । एक पदका लागि कँडेलसहित ६ उम्मेदवार छन् । 
एसिया–प्रशान्त क्षेत्रमा रहेका नेपालीहरुको सुखः दुखमा साथ दिदै आएका कँडेल कांग्रेसको राजनीतिमा पनि लामो समयदेखि सक्रिय रहेको बताउँछन् । एसिया–प्रशान्त क्षेत्रबाट दण्डपाणि कँडेलसहित नवराज शिवाकोटी, नारायणप्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, विनोदबहादुर थापा र सुरेश कोइरालाले उम्मेदवार  छन्  ।

ओसियाना–अमेरिका एक पदका लागि ६ जनाले उम्मेदवार दिएर मतदातामाझ पुगेका छन् ।  सो क्षेत्रबाट उम्मेदवार बन्नेहरुमा अमृत वोस्ती, कञ्चन पोखरेल, कृष्ण गिरी (जगन्नाथ), रामकुमार मिश्र, रामजिवि पन्थ र सिए. विद्या भूषण कार्की छन् । त्यस्तै मध्यपूर्वबाट केन्द्रीय समितिमा एक जनाई स्थान दिइएको छ । जसका लागी पुरुषोत्तम खनाल, रितबहादुर कटुवाल, विमल सुवेदी, खेमराज बस्नेत र चण्डीप्रसाद योञ्जासहित पाँच जनाले चुनावी प्रतिस्पर्धा रहेको निर्वाचन समितिले जनाएको छ ।

यता भारतबाट समेत केन्द्रीय समितिमा एक जना आउने व्यवस्था पार्टीले विधानमै गरेको छ । भारतबाट एक पदका लागि धर्मराज काफ्ले र बालकृष्ण पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । 

विशेष महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्वले जनसम्पर्क समिति कोटाबाट महिला २ सहित विभिन्न क्षेत्रका ७ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमै गरेको छ ।  सोही अनुसार ३३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कांग्रेसको विदेशमा ३७ देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन् । एसियाका देशहरूमा भारतस्थित जनसम्पर्क समितिबाट एक जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ । जनसम्पर्क समिति रहेका एसियाका अन्य देशबाट १ जना, युरोपबाट १ जना, मध्यपूर्वबाट १ जना, अमेरिका/क्यानडा लगायतका देशबाट १ जना र महिलाबाट २ जना केन्द्रीय सदस्य हुने व्यवस्था पार्टीको विधानमै गरिएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताए । सात पदका लागि महिला, युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, एसिया–प्रशान्त र भारत क्षेत्रबाट ३३ उम्मेदवारी परेको र उनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर