२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

कांग्रेस महाधिवेशन : महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइ र खानपिन खर्च पार्टीले व्यहोर्ने

Nada
२०८३ असोज २२ गते १७:११
Shares
कांग्रेस महाधिवेशन : महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।

ncell

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने उनले बताए।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए।

ताजा खबर

सम्बन्धित खबर