२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा शालिकराम थपलिया, पोर्चुगल अध्यक्षमा नविन थापा

Nada
भरत प्रधान
२०८३ भदौ २५ गते १८:५५
Shares
प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा शालिकराम थपलिया, पोर्चुगल अध्यक्षमा नविन थापा

लिस्बन : नेकपा एमालेको प्रवासी भ्रातृ संगठन प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि शालिकराम थपलियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

ncell

जसको उपाध्यक्षमा विनोद न्यौपाने, सचिवमा रविन कार्की र दुई उपसचिवमा गोविन्द सापकोटा र बाबाराजेश्वरी थापा चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा तुलसीनाथ सुवेदी, कृष्ण भण्डारी, ईश्वर देवकोटा, तिलक भट्टराई, सुनिल रानाभाट, केदार थपलिया, केशवराज पाण्डे र शान्ति अर्याल चयन भएको मञ्चले जनाएको छ ।

अधिवेशनलाई नेकपा एमाले केन्द्रीय सचिव भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्य महेश बर्तौला, केन्द्रीय सदस्य आरसी लामिछाने लगायतले सम्बोधन गरेका थिए । अधिवेशनले ८ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

पोर्चुगलको अध्यक्षमा थापा

प्रवासी नेपाली मञ्च पोर्चुगलको सातौं अधिवेशनले नविनकुमार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

राजधानी लिस्बनमा सम्पन्न भएको अधिवेशनले थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको सचिवमा गणेश थापा, उपसचिवमा राजन कार्की र जुना दाहाल चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा दीपक पुनमगर, नवराज घर्तीमगर, हेमन्त केसी, कमल बस्नेत, रमेश परियार, हुकुम ओली, कुविर खड्का, सुमन लम्साल, अर्जुन भण्डारी, मन्जित सिंह, नरबहादुर जिसी र प्रकाश नेपाली चयन भएको मञ्चले जनाएको छ ।

सम्बन्धित खबर