२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

रौतहटमा १ लाख १० हजारको कपडा बरामद, ९५ हजारका पेय पदार्थ नष्ट

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक ८ गते १७:४६
Shares
रौतहटमा १ लाख १० हजारको कपडा बरामद, ९५ हजारका पेय पदार्थ नष्ट

रौतहट : रौतहटको सदरमुकाम गौर तथा आसपासका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । यसक्रममा भन्सार छली गरी भित्र्याइएको १ लाख १० हजार रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको छ भने उपभोगका लागि अनुपयुक्त ९५ हजार रुपैयाँ मूल्यका भारतीय पेय पदार्थ नष्ट गरिएको छ ।

ncell

सशस्त्र प्रहरी बल नेपाल गौर गुल्मबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा कपडा बोकेर नेपालतर्फ आउँदै गरेकी एक युवतीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी दुर्गाप्रसाद भट्टले जानकारी दिए । पहिलो पटकको कसुर र मानवीय पक्षलाई ध्यानमा राख्दै ती युवतीलाई चेतावनी दिएर अभिभावकको जिम्मा लगाइएको छ। बरामद कपडा आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यस्तै, बजार अनुगमनका क्रममा म्याद गुज्रिएका वा गुणस्तरहीन ठहरिएका करिब ९५ हजार रुपैयाँ मूल्यका भारतीय पेय पदार्थ फेला परेका थिए । उपभोगका लागि अनुपयुक्त ती पेय पदार्थ सरोकारवाला निकायको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको जनाइएको छ ।

भारतसँग लामो खुला सीमा जोडिएको रौतहटमा चोरी पैठारी, राजस्व छली तथा गुणस्तरहीन वस्तुको आयात नियन्त्रण गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनले निगरानी बढाएका छन् । प्रशासनले अवैध कारोबार नियन्त्रण तथा उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर