२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

युएईमा जेम्सीको सांगीतिक धमाका हुँदै, दुबई र अबुधाबीमा दुई दिन लाइभ कन्सर्ट

Nada
निशान्त पाठक
२०८३ कार्तिक ८ गते १३:२६
Shares
युएईमा जेम्सीको सांगीतिक धमाका हुँदै, दुबई र अबुधाबीमा दुई दिन लाइभ कन्सर्ट

युएई : संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै दीपावलीको पावन अवसरमा ‘जेम्सी लाइभ इन दुबई एन्ड अबुधाबी’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । एनइयु इभेन्ट्स युएईको आयोजनामा आगामी नोभेम्बर ७ र ८, २०२६ मा दुबई र अबुधाबीमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको कुल नाफाको २५ प्रतिशत नेपालमा सामाजिक सहयोगका लागि छुट्याइने भएको छ ।

ncell

नेपाली गीतसंगीत, लाइभ प्रस्तुति र मनोरञ्जनलाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले युएईमा रहेका नेपाली समुदायमा सांगीतिक उत्साह थप्ने अपेक्षा सँगै व्यस्त दैनिकीबीच मनपर्ने कलाकारको प्रत्यक्ष प्रस्तुति अनुभव गर्न, साथीभाइसँग रमाइलो गर्न र नेपाली संगीतको माहोलमा रमाउन चाहनेहरूका लागि कार्यक्रम विशेष अवसर रहेको छ ।

आयोजकले सार्वजनिक गरेको पोस्टरअनुसार नोभेम्बर ७, शनिबार दुबईको बरदुबईस्थित याक एन्ड यति एभरेस्टमा पहिलो कार्यक्रम हुनेछ । त्यसैगरी, नोभेम्बर ८, आइतबार अबुधाबीस्थित द हब, डब्लुटिसी मलको छैटौं तलामा रहेको जि६ क्ल्बमा दोस्रो कार्यक्रम आयोजना गरिनेछ ।

आयोजकले सार्वजनिक गरेको पोस्टरमा कार्यक्रमबाट प्राप्त कुल नाफाको २५ प्रतिशत नेपालभर आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्न समर्पित गरिने उल्लेख छ ।

सांगीतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गर्नुका साथै नेपालमा सहयोग आवश्यक पर्ने व्यक्तिहरूका लागि योगदान पुर्‍याउने उद्देश्यले अघि सारिएको यस पहलले कार्यक्रमलाई थप अर्थपूर्ण बनाउने आयोजकले जानकारी दिएका छन् ।

नेपाली संगीत, मनोरञ्जन र सामाजिक सहयोगको उद्देश्यलाई एकैसाथ अघि बढाउन खोजिएको यस कार्यक्रमले युएईमा रहेका नेपालीहरूलाई सांगीतिक उत्सवमा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर