२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

पर्वत जलजला र आर्थरडाँडाखर्क समाज कतारको संयुक्त आयोजनामा दसैंको टीका कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक ६ गते २०:४०
Shares
पर्वत जलजला र आर्थरडाँडाखर्क समाज कतारको संयुक्त आयोजनामा दसैंको टीका कार्यक्रम सम्पन्न

दोहा, कतार : कतारमा रोजगारीका लागि रहेका पर्वत जिल्लाको जलजला गाउँपालिका र आर्थर डाँडा खर्क क्षेत्रका पर्वतवासीहरूले विजयादशमीको टीका, जमरा तथा प्रसाद ग्रहण गरी दसैं मनाएका छन्।

ncell

पर्वत जलजला समाज कतार र आशडाँडाखर्क समाज कतारको संयुक्त आयोजनामा बिहीबार साँझ आयोजित टीका, जमरा तथा प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कतारमा रहेका पर्वतवासीहरू सहभागी भई आपसमा टीका, जमरा लगाउँदै दसैंको शुभकामना आदानप्रदान गरेका थिए। जलजला समाज कतारका अध्यक्ष देभाराज कार्कीका अनुसार प्रवासमा नेपाली संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै आपसी सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कतारमा सक्रिय द्वय समाजले सांस्कृतिक कार्यक्रमसँगै विभिन्न सामाजिक कार्यमा समेत सहभागिता जनाउँदै आएका छन्। प्रवासमा रहेका नेपालीबीच एकता, सहकार्य र आपसी सहयोगको भावना विकास गर्नुका साथै जन्मभूमि र समुदायसँगको सम्बन्धलाई निरन्तरता दिन दुवै समाजले भूमिका निर्वाह गर्दै आएका छन्।

संयुक्त रूपमा आयोजित कार्यक्रमले कतारमा रहेका पर्वतवासीहरूबिच आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक एकतालाई थप मजबुत बनाएको आर्थरडाँडाखर्क समाजका अध्यक्ष राजु जिसीले बताए ।

uae

ताजा खबर

सम्बन्धित खबर