२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

प्रवासी नेपाली मञ्च जापानको अधिवेशनको तयारी तीव्र

Nada
पूर्ण चलाउने
२०८३ भदौ २५ गते १८:०८
Shares
प्रवासी नेपाली मञ्च जापानको अधिवेशनको तयारी तीव्र

टोकियो : प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीले आफ्नो २२औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ । अधिवेशन सेप्टेम्बर २० तारिख आइतबारका दिन टोकियोस्थित ओता कुको कम्युनिटी हलमा बिहान १० बजेदेखि आयोजना गरिने छ ।

ncell

प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटी नेकपा एमालेको विदेशस्थित संगठन हो । जापानमा संगठनका क्षेत्रीय कमिटीका साथै विभिन्न विभागहरू पनि गठन भएका छन् ।

अधिवेशनलाई नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकले सम्बोधन गर्ने प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटी जापानका उपाध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए । पाठकलाई  नेकपा एमाले पार्टीका तर्फबाट पूर्वी एसिया इन्चार्जका रूपमा प्रवासी नेपाली मञ्च हेर्ने जिम्मेवारी समेत छ ।

प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीका अध्यक्ष कुलचन्द्र खरेलले अधिवेशन नेपाली समुदायप्रतिको जिम्मेवारी, विचारको बहस, संगठन सुदृढीकरण र नयाँ उर्जा निर्माणको उत्सव बन्ने बताउँदै जिम्मेवार नेतृत्व चयनको अपेक्षा गरेका छन् ।

संगठनले एकआपसी सहकार्य, एकताका साथै सकारात्मक भावना बोकेर अधिवेशनमा सहभागिताका लागि पार्टीमा आबद्ध शुभेच्छुक सदस्यका साथै सबै तह तप्काका नेपाली समुदायलाई अनुरोध पनि गरेको छ ।

अधिवेशनले संगठनलाई अझ जिम्मेवार र अनुशासित संगठनका रूपमा अघि बढन मार्गनिर्देश गर्ने विश्वास गर्दै नेपाल र नेपालीप्रतिको उतरदायी संगठनका रूपमा विकास गर्नपनि अवसर हुने प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीले जनाएको छ ।

सम्बन्धित खबर