२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सात प्रदेश एकजुट हुँदा कतारमा ऐतिहासिक रक्तदान, १२० जनाले गरे रक्तदान

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ ६ गते २३:०५
Shares
सात प्रदेश एकजुट हुँदा कतारमा ऐतिहासिक रक्तदान, १२० जनाले गरे रक्तदान

दोहा, कतार : कतारमा सक्रिय नेपालका सातवटै प्रदेशका प्रदेश समन्वय परिषद्हरूको संयुक्त आयोजनामा शुक्रबार वृहत् तथा ऐतिहासिक रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

ncell

हमाद हस्पिटलको रक्तदान केन्द्रमा आयोजित कार्यक्रम रक्तदाता संघ कतारको समन्वयमा सम्पन्न भएको हो।

नेपाली समुदायको इतिहासमै पहिलोपटक सातवटै प्रदेश समन्वय परिषद् एकै ठाउँमा उभिएर आयोजना गरेको कार्यक्रममा कतारस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी र सर्वसाधारणसहित २०० भन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा १२० जनाले रक्तदान गरेका छन्।

आयोजकका अनुसार कतारमा नेपाली समुदायले आयोजना गरेका रक्तदान कार्यक्रममध्ये यो हालसम्मकै ठूलो सहभागिता हो। रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउँदै नेपाली समुदायको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको समेत उदाहरण प्रस्तुत भएको छ। यसपटकको कार्यक्रम नियमित रक्तदानमा मात्र सीमित रहेन।

सहभागीमध्ये ६ जना रक्तदाताले एफेरेसिस प्रविधिमार्फत प्लेटलेट्स वा प्लाज्मा दान गरेका छन्। विशेष अवस्थामा आवश्यक पर्ने प्लेटलेट्स तथा प्लाज्मा गम्भीर बिरामीको उपचारमा महत्वपूर्ण हुने भएकाले यस प्रकारको दानलाई थप विशेष मानिएको छ।

कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदातालाई आयोजकका तर्फबाट तत्कालै कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदाता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अतिथि, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण नेपाली समुदायप्रति सातवटै प्रदेश समन्वय परिषद्ले आभार व्यक्त गरेका छन्।

परिषद्हरूले आगामी दिनमा पनि नेपाली समुदायको हित र मानवीय सेवाका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर