२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अमेरिका र इरानबीच छिट्टै सम्झौता हुनेमा पाकिस्तान आशावादी

Nada
२०८३ वैशाख २५ गते ११:२९
Shares
अमेरिका र इरानबीच छिट्टै सम्झौता हुनेमा पाकिस्तान आशावादी

काठमाडौंः पाकिस्तानको परराष्ट्र मन्त्रालयले अमेरिका र इरानबीच हुन लागेको सम्भावित सम्झौता ‘यथाशीघ्र’ हुने विश्वास व्यक्त गरेको छ । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा वासिङ्टन र तेहरानबीचको वार्ताका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै परराष्ट्र प्रवक्ता ताहिर हुसेन एन्द्राबीले उक्त धारणा राखेका छन् । उनले भने, ‘हामी यी दुई देशबीच ढिलोभन्दा पनि चाँडो सम्झौता हुने अपेक्षा गर्दछौँ ।’

ncell

प्रवक्ता एन्द्राबीले दुई राष्ट्रबीचको संवादलाई अगाडि बढाउन पाकिस्तानले ‘इमानदार सहजकर्ता’को भूमिका निर्वाह गर्न तयार रहेको समेत बताए । ‘एक इमानदार सहजकर्ता र मध्यस्थकर्ताको रूपमा प्राप्त हुने सूचनाहरूको गोपनीयता कायम राख्नु हाम्रो जिम्मेवारी हो र हामी त्यसको पूर्ण संरक्षण गर्नेछौँ’, उनले भने । 

पाकिस्तानले अमेरिका र इरानबीच हुने जुनसुकै सहमतिको स्वागत गर्ने बताउँदै वार्ता जुन स्थानमा भएपनि त्यसले सकारात्मक परिणाम ल्याउनुपर्नेमा जोड दिएको छ । यद्यपि, प्रवक्ता एन्द्राबीले वार्ताका लागि इस्लामावादलाई स्थलका रूपमा चयन गरिएमा त्यो पाकिस्तानका लागि सम्मान र गौरवको विषय हुने समेत उल्लेख गरे ।  

सम्बन्धित खबर