२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

वैदेशिक रोजगारमा पठाउने भन्दै दुई करिब करोड ठग्ने पक्राउ

Nada
२०८१ साउन २३ गते ०६:३५
Shares
वैदेशिक रोजगारमा पठाउने भन्दै दुई करिब करोड ठग्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै तरिव दुई करोड रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा करजन्हा नगरपालिका–६ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

ncell

काठमाडौंको बसुन्धारामा ओम इन्टरनेशनल प्रा.लि. नामको कम्पनी खोलेर ठाकुरले वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी अरब, मलेसिया र कुवेतलगायत देशमा पठाउने भन्दै ठगी गरेको प्रहरीले बताएको छ । उनले रवीन्द्र सापकोटासँगको साझेदारीमा एक करोड ९७ लाख १७ हजार ठगी गरेको प्रहरीको भनाइ छ ।

ठाकुरबाट ८५ जना पीडित भएको प्ररहरीले जानकारी दिएको छ । उनलाई वैदेशिक रोगजार ऐन २०६४ अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।
 

सम्बन्धित खबर