
काठमाडौं : राष्ट्रिय अभिमुखीकरण तालिम संघको अध्यक्षमा विष्णुबहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा जय प्रकाश यादव, वरिष्ठ उपाध्यक्षमा मनोजकुमार चौधरी, उपाध्यक्षमा छत्रबहादुर खड्का, महासचिवमा दण्डबहादुर आले, सचिवमा सुरेन्द्रकुमार झा र कोषाध्यक्षमा खेमकुमारी मल्ल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा मनोजकुमार महतो, सृजना पाण्डे तिमल्सिना, उमेशकुमार चौधरी, हर्षिता साहू, रुशान पाण्डे र शान्ति भण्डारी निर्वाचित भएको संघको निर्वाचन समितिले जनाएको छ । साधारणसभामा १९३ व्यवसायी सहभागी रहेका थिए ।
