२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

एनआरएनए एनसिसी कतारले आगामी शुक्रबार समुद्री तट सरसफाइ गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख १५ गते १९:२०
Shares
एनआरएनए एनसिसी कतारले आगामी शुक्रबार समुद्री तट सरसफाइ गर्ने

दोहा कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी मे १ तारिख शुक्रबारका दिन समुद्री तट सरसफाइ कार्यक्रमको आयोजना गर्ने भएको छ । 'समुद्रबाट प्लास्टिक हटाऔं' भन्ने मुख्य नाराका साथ डिपकतार कन्जरभेसन सँगको सहकार्यमा आयोजना हुन लागेको यस अभियानले वातावरणीय संरक्षणमा टेवा पुऱ्याउने विश्वास लिइएको छ ।

ncell

कतारको प्रसिद्ध पर्यटकीय स्थल ‘अल थखिरा म्याङ्ग्रोभ्स’ को बिच सफाइ गर्न लागिएको जनाउँदै आयोजकले सहभागी हुन चाहनेहरूले गुगल फाराम भर्नुपर्ने जनाएको छ । त्यस्तै कतारमा रहेका सम्पूर्ण संघसस्थाबाट एक जना मात्र प्रतिनिधि सहभागी हुन् एनसिसीले आग्रह गरेको छ । एनसिसीका महासचिव शिव भुजेलका अनुसार मुन्ताजा पार्कलाई पिक-अप प्वाइन्ट तोकिएको हुँदा सफाइ स्थलसम्म जाने सम्पूर्णलाई २ बजे भन्दा पहिले पार्कमा उपस्थित भएर एकसाथ जानेगरि यातायातको व्यवस्था मिलाइएको बताए । सफाइका लागि आवश्यक ग्लोब्स, ब्याग र पिउने पानीको व्यवस्था आयोजकले गर्ने हुँदा थप केही जानकारीका चाहिएमा ५५७७१९५५ मा सम्पर्क गर्न भुजेलले आग्रह गरेका छन् । 

एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले हामीले रमाइलो गर्ने समुद्र तटहरू केवल घुम्ने ठाउँ मात्र होइनन्, यी पृथ्वीको पारिस्थितिक प्रणालीका महत्त्वपूर्ण हिस्सा हुने हुँदा बिच सफा राख्नु भनेको सामुद्रिक जीवजन्तुको सुरक्षा गर्नु हो जुन मानवीय स्वास्थ्य र सुरक्षासँग समेत प्रत्यक्ष जोडिने बताए । उनले बिच सफा नहुँदा फोहोरका कारण समुद्रको पानी दूषित हुने र पानीमुनिको अक्सिजन तह घटाउँदै जलचरलाई बाँच्न गाह्रो बनाउने बताए । “मानवीय सानो प्रयासले समुद्रलाई प्लास्टिकमुक्त बनाउन ठुलो मद्दत पुग्ने हुँदा "बिच क्लिन अप" जस्ता अभियानमा सहभागी हुनु भनेको भविष्यको पुस्ताका लागि सफा र सुन्दर पृथ्वी छोडेर जानु हो”, पन्थीले भने ।

सम्बन्धित खबर