२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

मलेसियाको जोहोरमा नेपाली दूतावासको घुम्ती शिविर, २७१ जनाले लिए सेवा

Nada
तिलोचन गौतम
२०८३ वैशाख ६ गते १३:३३
Shares
मलेसियाको जोहोरमा नेपाली दूतावासको घुम्ती शिविर, २७१ जनाले लिए सेवा

मलेसिया : मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासद्वारा मलेसियाको जोहोर क्षेत्रमा सञ्चालन गरिएको घुम्ती शिविर (कन्सुलर सेवा) सम्पन्न भएको छ ।

ncell

अप्रिल १८ र १९ तारिखमा आयोजित दुईदिने उक्त शिविरबाट कुल २७१ जना सेवाग्राही लाभान्वित भएका छन् ।

दूतावासका अनुसार २७० जनाले पासपोर्ट नवीकरण तथा नयाँ पासपोर्ट सेवा लिएका छन् भने १ जनाले ट्राभल डकुमेन्ट प्राप्त गरेका छन् ।

घुम्ती शिविरका लागि दूतावासका प्रथम सचिव सुशील घिमिरेसहितको टोलीले जोहोरस्थित विभिन्न संघ–संस्था तथा सहयोगी अभियन्ताबाट उल्लेखनीय सहयोग प्राप्त भएको जनाउँदै सबैप्रति धन्यवाद व्यक्त गरे ।

प्रथम सचिव घिमिरेका अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको हो । साथै, आगामी दिनमा पनि आवश्यकताअनुसार विभिन्न स्थानमा यस्ता सेवा विस्तार गरिने दूतावासले जनाएको छ ।

सम्बन्धित खबर