२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

एनआरएनए मलेसियाले श्रमिक दिवस तथा नयाँ वर्षको शुभकामना आदन-प्रदान कार्यक्रम गर्ने

Nada
तिलोचन गौतम
२०८३ वैशाख ६ गते १२:२६
Shares
एनआरएनए मलेसियाले श्रमिक दिवस तथा नयाँ वर्षको शुभकामना आदन-प्रदान कार्यक्रम गर्ने

क्वालालम्पुर : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

ncell

संघले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवसकै अवसर पारेर होटल ग्राण्ड कन्टिनेन्टलको सभाहलमा आयोजना गर्न लागेको हो ।

एनआरएनए मलेसियाका महासचिव विष्णुप्रसाद बरालका अनुसार कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक, व्यवसायी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रममार्फत नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने, श्रमिकहरूको योगदानको कदर गर्ने तथा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्य राखिएको छ ।

आयोजकका अनुसार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा अन्तरक्रियात्मक गतिविधिहरू, विविध सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदान–प्रदान कार्यक्रमहरू समावेश गरिनेछन् ।

सम्बन्धित खबर