२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भ्रामक सूचनाबाट जोगिऔं

Nada
२०८२ माघ २७ गते ०८:४४
Shares
भ्रामक सूचनाबाट जोगिऔं

अहिलेको डिजिटल युगमा सूचना छिटो फैलिन्छ । सामाजिक सञ्जाल, एआई र डिजिटल प्रविधिको प्रयोगले खबरलाई एक क्लिकमा लाखौँ मानिससम्म पुर्‍याइदिन्छ । यसबाट सहजै सूचना पाउने र छिटो प्रतिक्रिया दिने सुविधा मिलेको छ । सँगै, गलत समाचार, झुटा भिडियो, घृणास्पद अभिव्यक्ति र डिजिटल दुरुपयोगले समाजमा गम्भीर समस्या उत्पन्न गर्न थालेको छ । साइबर अपराध नियन्त्रणमा सक्रिय नेपाल प्रहरीले समेत यो समस्या जटिल बन्दै गएको स्वीकारेको छ । तर प्रहरी मात्रले सबै नियन्त्रण गर्न सक्छ भन्ने होइन् । यसमा सत्य र भ्रम छुट्याउने नागरिकको सक्रिय भूमिका आवश्यक देखिन्छ । नागरिकले सूचना लिँदा सधैं स्रोत र प्रमाण जाँच्नुपर्छ । सामाजिक सञ्जालमा हेरेको भिडियो, फोटो वा समाचारको सत्यता पक्का नभएसम्म जथाभावी सेयर गर्नुहुँदैन । केही समयका रोकिएर बुझ्ने र स्रोत खोज्ने बानीले भ्रमपूर्ण एवं झुटो सूचना फैलिन रोकिनसक्छ । 

ncell

कुनै अपराध वा घटनाको हल्ला फैलिएमा नागरिकले प्रहरी वा आधिकारिक एवं विश्वसनिय सञ्चारमाध्यमलाई मात्र विश्वास गर्नुपर्छ । नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल बनाएर झुटा समाचार र डिजिटल दुरुपयोग पत्ता लगाउन सुरु गरेको छ । अपराध अनुसन्धान, राष्ट्रिय सुरक्षा र सामाजिक सद्भाव बिगार्न झुटा एवं भ्रामक सूचनाले प्रत्यक्ष असर पार्दछन् । नागरिकले जिम्मेवारी बहन गर्नासाथ अहिले देखिएका दुष्प्रचार आधा समाधान हुनेछन् । 

झुटा सूचना प्रसार रोक्ने अर्को उपाय शिक्षा र जनचेतना नै हो । विद्यालय, समाज र सञ्चार माध्यमले डिजिटल प्रविधि, सूचना सुरक्षा र एआईको दुरुपयोगबारे जनचेतना अभिबृद्धि गर्न जरुरी छ । नागरिक आफैं सचेत भए मात्र समाजमा भ्रम र झुट समाचार फैलिन रोकिने छ । त्यसैले हरेक नागरिकले यसबारे कानूनको जानकारी राख्नु जरुरी छ । डिजिटल दुरुपयोग, झुटा समाचार र हेट स्पिच कानूनी रुपमा अपराध हुन् । कानुनको अज्ञानता क्षम्य हुँदैन् । त्यसैले जानी नजानी हुने झुटा र भ्रामक सूचनाको प्रसार दण्डनीय हुनआउँछन् । त्यसैले अहिलेको चुनौती प्रहरी र सञ्चार माध्यमको मात्र नभई आम नागरिककै हो । छिटो सूचना पाउने वा आफ्नो पक्ष–विपक्षका सूचना फैलाउने प्रतिस्पर्धामा सत्यता नबुझेरै सेयर गर्नुले अपराध अनुसन्धान, न्याय र सामाजिक सद्भाव खल्बल्याउन सक्छ । त्यसले समाजमा निराशा बढाउँछ । डिजिटल युगमा सजग र जिम्मेवार नागरिकले मात्र त्यो भ्रम र झुट चिर्न सक्छन् । त्यसैले नागरिक सचेतनाको खाँचो देखिन्छ । 
 

uae

सम्बन्धित खबर