२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

४२ वटा अभिमुखीकरण संस्था निलम्बित

Nada
२०८१ साउन १६ गते ०६:४०
Shares
४२ वटा अभिमुखीकरण संस्था निलम्बित

काठमाडौं : वैदेशिक रोजगार विभागले तीन दर्जनभन्दा बढी अभिमुखीकरण संस्थालाई निलम्बन गरेकोे छ । पटक–पटकको आग्रहपछि पनि वैदेशिक रोजगारीमा जाने कामदारको तालिम सञ्चालन गर्ने अभिमुखीकरण तालिम दिने संस्थाले सुधार नगरेको भन्दै ४२ वटा संस्थालाई निलम्बन गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त बरालले जानकारी दिए ।

ncell

विभागले उक्त सूचना आधिकारिक माध्यमबाट सार्वजनिक गरेकोे छैन । तर निलम्बन गरिएका संस्थालाई व्यक्तिगतरूपमा पत्र पठाएको छ । वैदेशिक रोजगारमा जानेलाई कक्षामा राखेर तोकिएअनुसार विद्युती प्रणाली बायोमेट्रिक हाजिरी गराउनुपर्नेमा लापरबाही गरी हाजिरी नगराएको अनुगमनका क्रममा देखिएका कारण उनीहरूलाई स्पष्टीकरण सोेधेर जवाफ चित्तबुझ्दो नआएका कारण निलम्बन गरिएकोे पनि निर्देशक बरालले बताए ।

यसअघि लापरबाही गरे कारबाही गर्ने चेतावनीसहित ७ बुँदे निर्देशन दिएको भएपनि राजधानी र राजधानी बाहिरका केही संस्थाले वैदेशिक रोजगारीमा जानेलाई उपस्थिति नै नगराइ हाजिरीमा अर्कै व्यक्तिको औंठाछाप प्रयोग गरेकोे देखिएको पनि उनले दाबी गरे ।

सम्बन्धित खबर