२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कतारमा १ सय १० जनाले रक्तदान गर्दै सकियो बृहत् रक्तदान कार्यक्रम

Nada
तिलु शर्मा पौडेल
२०८२ माघ ९ गते १७:०२
Shares
कतारमा १ सय १० जनाले रक्तदान गर्दै सकियो बृहत् रक्तदान कार्यक्रम

दोहा, कतार : कतारमा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १ सय १० जना दाताहरूले रक्तदान गरेका छन् । पर्वत जिल्लाबाट वैदेशिक रोजगारी तथा व्यावसायिक सिलसिलामा कतार आई बसोबास गरेकाहरू मध्य पर्वत जलजला समाज र आर्थरडाडाखर्क समाज कतारको संयुक्त आयोजनामा पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा नेपाली र अन्य देशका नागरिकहरू सहितले रक्तदान गरेका हुन् । 

ncell

शुक्रबार कतारको सरकारी  हमाद अस्पतालको नेसनल ब्लड डोनेसन सेन्टरमा बिहान साढे ७ बजे जलजलाका वरिष्ठ सल्लाहकार रधुनाथ शर्माले रक्तदान गर्दै सुरु भएको कार्यक्रम जलजलाकै अध्यक्ष देभाराज कार्कीले रक्तदान गरेसँगै सम्पन्न भएको हो ।

रक्तदान आफैंमा पुण्यको काम भएको र प्रत्यक्ष पुण्य आर्जनका लागी रक्तदानजस्तो ठुलो दान अर्को नहुने जलजलाका अध्यक्ष देभाराज कार्कीले बताए। उनले रगत अभावले मृत्युसँग लडिरहेका मानिसहरूको जीवन रक्षा गर्नु सामाजिक तथा मानवीय कर्तव्य रहेको बताए । 

एक पिन्ट रगतले कसैको जीवन रक्षा हुन्छ भने त्यस्तो मानवीय कार्यका लागी सबै एकजुट हुनुपर्ने बताउँदै आर्थरडाडाखर्क समाजका अध्यक्ष राजु जिसीले कार्यक्रममा उपस्थित कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीसहित दाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । आयोजकले दाताहरूलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरेको थियो ।

uae

सम्बन्धित खबर