२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

चितवनका युवा व्यवसायीले कतारमा सञ्चालनमा ल्याए 'किङ भाइरल मोबाइल सप'

Nada
तिलु शर्मा पौडेल
२०८२ पुष २४ गते २२:१५
Shares
चितवनका युवा व्यवसायीले कतारमा सञ्चालनमा ल्याए 'किङ भाइरल मोबाइल सप'

दोहा, कतार : नेपालीहरूको व्यावसायिक हवको रूपमा परिचित कतारको सनैया क्षेत्रको प्लाजा मलमा युवा व्यवसायी श्याम पाण्डेले मोबाइल पसल सञ्चालनमा ल्याएका छन् । चितवन खैरहनी नगरपालिका-८ निवासी पाण्डेले १ सय ६८ नम्बरको सपबाट सञ्चालनमा ल्याएको पसलको पाण्डेकी श्रीमती सरु पाण्डेले रिबन काटेर औपचारिक रूपमा समुद्घाटन गरेकी हुन् ।

ncell

अल सबिब ट्रेडिङ स्टोरभित्र 'किङ भाइरल मोबाइल सप' पसलको उद्घाटनलगत्तै त्यहाँ उपस्थित पत्रकार लक्ष्मी दर्नालसहित अन्य व्यक्तित्वहरूले व्यावसायिक सफलताको शुभकामना दिँदै कतारमा नेपालीहरूले व्यवसायमा पाएको सफलता आफूहरूको लागि पनि ठुलो प्रेरणा रहेको बताएका थिए । आज बिहीबारदेखि शनिबारसम्म उद्घाटन सत्र रहने र तीन दिनभित्र पसल भ्रमण गर्ने ग्राहकका लागि विशेष छुट रहेको सञ्चालक पाण्डेले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

पसलमा विभिन्न ब्रान्डका सबै मोडलका मोबाइलहरू, मोबाइलका एसोसरिजसहित विभिन्न ब्रान्डका प्रफ्युम, अत्तर, लेडिज तथा जेन्स वालेट, घडी, लकेज विभिन्न इलेक्ट्रिक आइटमहरू, कस्मेटिक सामानहरू सहित भाइरल उजोबाका सामानहरू उपलब्ध रहेका छन् ।

uae

सम्बन्धित खबर