२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

रिंगेट चार वर्षयताकै उच्च विन्दुमा

shivam cement
२०८२ मंसिर १ गते ०६:१५
Shares
रिंगेट चार वर्षयताकै उच्च विन्दुमा

काठमाडौं : मलेसियाली रिंगेट चार वर्षको अवधिमा उच्च विन्दुमा पुगेको छ । मलेसिया सरकारले विश्वव्यापी व्यापार तनाव कम गर्दै आर्थिक गतिलाई सुदृढ पारेपछि मलेसियन मुद्रा वर्ष एसियाको सबैभन्दा राम्रो प्रदर्शन गर्ने मुद्राका रूपमा रहेको छ ।

विदेशी लगानीकर्ताहरूले यस वर्ष लगभग ४ अर्ब डलरको मलेसियाली बन्ड खरिद गरेका छन् । यसले मलेसियन मुद्रालाई थप बलियो बनाउने विश्लेषण गरिएको छ । आइतबार मलेसियन एक रिंगेट बराबर ३४ रूपैयाँ ४३ पैसा पुगेको छ ।

मलेसियन रिंगेटको मूल्य वृद्धिले त्यहाँ कार्यरत नेपाली कामदारको आम्दानीमा मासिक करिब ५ हजार रुपैयाँ वृद्धि भएको आंकलन छ । मलेसियाको निर्यात–सञ्चालित अर्थतन्त्रले विश्वव्यापी मागमा भएको सुधारबाट लाभ उठाइरहेको र तेस्रो त्रैमासिकमा थप वृद्धिको अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर