२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

एनसेलले एनपिएलको हरेक चौकामा शैक्षिक सामग्री दिने

shivam cement
२०८२ कार्तिक ३० गते २०:४६
Shares
एनसेलले एनपिएलको हरेक चौकामा शैक्षिक सामग्री दिने

काठमाडौं : एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकाबापत शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । फाउन्डेसनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक चौकाबापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ । 

गत वर्ष एनपिएलसँगको साझेदारीअन्तर्गत २ हजार ६ सय १२ विद्यार्थी लावान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको जनाएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ । 

विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

ADV

सम्बन्धित खबर