२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

बर्दियामा शिक्षक-प्रधानाध्यापकका लागि समावेशी शिक्षा तालिम

shivam cement
सन्तोष पौडेल
२०८२ कार्तिक ३० गते २०:३९
Shares
बर्दियामा शिक्षक-प्रधानाध्यापकका लागि समावेशी शिक्षा तालिम

बर्दिया : बर्दियामा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको लागि समावेशी शिक्षा तालिम सञ्चालन गरिएको छ । यो तालिम वास गेन्स परियोजना अन्तर्गत राष्ट्रिय अपाङ्ग महासंघ र वाटर एड नेपालको सहकार्यमा आयोजना गरिएको हो । 

तालिमको मुख्य उद्देश्य समावेशी शिक्षण प्रविधि, सर्वानुकूलित पहुँचयुक्त सिकाइ सामग्रीको प्रयोग, र विद्यालयलाई अपाङ्गमैत्री खानेपानी, सरसफाई र स्वच्छतामा सक्षम बनाउनु रहेको आयोजकले बताएको छ ।

तीन चरणमा सञ्चालन हुने तालिममा गुलरिया, मधुवन, ठाकुरबाबा, बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिकाका ३३ वटा आधारभूत र माध्यमिक विद्यालयका ९६ जना शिक्षक–शिक्षिकाहरू सहभागी छन् । तालिम शुक्रबार सुरु भएर आगामी बुधबारसम्म चल्नेछ ।

तालिममा सहभागीहरूलाई राष्ट्रिय शिक्षा नीति २०१९ र समावेशी शिक्षा नीति २०७६ का प्रावधानबारे जानकारी दिइनेछ । साथै, समावेशी शिक्षाका आधारभूत सिद्धान्त, विभिन्न अपाङ्गता भएका विद्यार्थीहरूको लागि उपयुक्त शिक्षण रणनीति, पहुँचयुक्त सामग्री र सहायक प्रविधिको प्रयोग, समावेशी कक्षा व्यवस्थापन र मूल्यांकनका विधि, विद्यालयमा ‘वास’ तथा पहुँचयुक्त संरचना विकास, र विपद् जोखिम मूल्याङ्कनका विषयमा समूहकार्य, केस स्टडी, खुला अभ्यास र प्रस्तुति मार्फत प्रशिक्षण दिइनेछ ।

तालिमको अन्त्यमा व्यक्तिगत र विद्यालयस्तरीय कार्ययोजना समेत तयार गरिने आयोजकले जानकारी दिएका छन् ।

ADV

सम्बन्धित खबर