२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

चित्लाङमा टेलिकमको एनटी फाइबर सेवा विस्तार

shivam cement
२०८२ कार्तिक १९ गते २०:५८
Shares
चित्लाङमा टेलिकमको एनटी फाइबर सेवा विस्तार

काठमाडौं : नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर सेवा पुर्‍याएको छ । टेलिकमले थाहा नगरपालिका–९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा मंगलबार १८ गते टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटिटीएच सेवा सञ्चालनमा ल्याएको हो । 

सो सेवासँगै सो क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । ग्राहकको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरूमा एफटिटिएच जडानको प्रक्रिया अगाडि बढिसकेको टेलिकमले जनाएको छ । 

हाल रेडियो ब्याकहउलबाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर ब्याकहउलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना रहेको नेपाल टेलिकमले रहेको छ ।

ADV

सम्बन्धित खबर