
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास–आइटी)बीचमा बैंक तथा वित्तीय विषयमा छलफल भएको छ । बैंक र नास–आइटीका सदस्यबीच बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आइटी क्षेत्रका लागि बैंकको कर्जा योजना, बैंकिङ सेवा, डिजिटल÷नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपायलगायत विभिन्न विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तत्र्रिmयात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । साथै, उनले बैंकले आमनागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए ।
बैंक र नास–आइटीबीचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आबद्ध कर्मचारीको ज्ञान, सिप र अनुभव विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।