२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

सिटी सेन्टरमा सफारीको पहिलो सोरुम सञ्चालन

shivam cement
२०८२ कार्तिक १९ गते २०:५६
Shares
सिटी सेन्टरमा सफारीको पहिलो सोरुम सञ्चालन

काठमाडौं : जगदम्बा मोबाइल्सले विश्व प्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारीको कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

सो नयाँ सोरुमले नेपाली यात्रुहरूलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र ब्याकप्याकहरू उपलब्ध गराउने उद्देश्य राखेको जनाइएको छ । जगदम्बा मोबाइल्सले सोरुममार्फत सफारीले आधुनिक यात्रुहरूका लागि स्टाइलिस र भरपर्दो हार्ड र सफ्ट लगेज, ब्याकप्याक र ट्राभल एक्सेसरीहरूको सिरिज उपलब्ध गराएको दाबी गरेको छ ।

‘काठमाडौंमा हाम्रो पहिलो एक्सक्लुसिभ सोरुम सुरु गर्न पाउँदा खुसी लागेको छ, हामीलाई विश्वास छ कि यसले हाम्रा नेपाली यात्रुहरूलाई उच्च गुणस्तरका र आकर्षक डिजाइनका ट्राभल सोलुसन छनोट गर्न अझ सहज भएको छ,’ शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाले भने । सोरुम उद्घाटनको अवसरमा ग्राहकहरूले सम्पूर्ण खरिदमा सीमित समयका लागि ४० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर