२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

रौतहटमा म्याद गुज्रिएका भ्याक्सिन भेटियो

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ कार्तिक १८ गते २०:०३
Shares
रौतहटमा म्याद गुज्रिएका भ्याक्सिन भेटियो

रौतहट : रौतहटमा बालबालिकालाई लगाउन तयार पारिएका जापानीज इन्सेफलाइटिसविरुद्धको भ्याक्सिनको म्याद गुज्रिएको पाइएको छ । स्वास्थ्य कर्मचारीको लापरवाहीका कारण बालबालिकाको जीवन जोखिममा परेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् । 

जिल्लाको चन्द्रपुर नगरपालिका–९ डुमरिया स्वास्थ्य केन्द्रमा मंगलबार १२–२३ महिनाका बालबालिकालाई खोप दिने कार्यक्रम तय गरिएको थियो । तर खोप दिनुअघि जाँच गर्दा भ्याक्सिनको म्याद सकिएको पाइएको हो । 

डुमरिया स्वास्थ्य केन्द्रका प्रमुख जयलाल पंडितले भने, ‘चन्द्रपुर अस्पतालबाट ल्याइएको भ्याक्सिनको म्याद २०८२ नोभेम्बर १ मा सकिएको पाइएपछि तत्काल खोप कार्यक्रम रोकिएको हो । मंगलबार नोभेम्बर ४ हो, म्याद सकिएको भ्याक्सिन कसरी लगाउने भनेर रोक लगाइएको हो ।’

वडाध्यक्ष नवराज देवकोटाले स्वास्थ्यकर्मीको चरम लापरवाही भएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘स्वास्थ्यकर्मीहरूको लापरबाहीले बालबालिकाको ज्यानसँग खेलवाड भएको छ । दोषी कर्मचारीविरुद्ध तत्काल छानबिन र विभागीय कारवाही हुनुपर्छ ।’

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले गल्ती स्वीकार गर्दै कर्मचारीले भूलवश म्याद सकिएको भ्याक्सिन लिएर गएको बताए । 

तर जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले भने भ्याक्सिनको म्याद २०८३ अप्रिलसम्म रहेको दाबी गरे । यसले कुन तहबाट गल्ती भयो भन्नेमा अस्पष्टता देखिएको छ ।

विशेषज्ञहरूले यस्तो लापरवाहीले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र निःशुल्क खोप कार्यक्रमप्रति आम नागरिकको विश्वास घट्ने खतरा रहेको चेतावनी दिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर