२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

साउदीबाट अलपत्र ११ नेपाली श्रमिकको उद्धार

shivam cement
अन्जान गुभाजु
२०८२ भदौ ३१ गते ०६:४०
साउदीबाट अलपत्र ११ नेपाली श्रमिकको उद्धार

साउदी : साउदी अरबको यान्बु सहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । तीमध्ये एक जना स्थानीय कम्पनीमा ट्रान्सफर भएर बसेका छन् भने बाँकी १० जना श्रमिक सोमबार नेपाल फर्किएका छन् ।

नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्दाको पहलमा कम्पनीले उनीहरूका लागि बहिर्गमन भिसा र टिकट उपलब्ध गराएको हो । पाँच महिनादेखि तलब र काम नपाएका उनीहरूले करिब एक महिनाअघि नेपाली सेवा समिति यान्बुसँग सम्पर्क गरेपछि सो विषय सार्वजनिक हुँदै विभिन्न सञ्चारमाध्यममार्फत दबाब सिर्जना भएको थियो । त्यसपछि उद्धारको प्रक्रिया अघि बढेको हो ।

समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले उद्धारमा संलग्न दूतावास, वाणिज्य दूतावास, पत्रकार तथा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । ’खान नपाएर परदेशमै ज्यान जाने हो कि भन्ने अवस्था थियो । नेपाली सेवा समितिले ३७ दिनसम्म खाद्यान्न, सरसफाइ सामग्री र नगद सहयोग गरेर हामीलाई अभिभावकझैं संरक्षण गर्‍यो,’ एक पीडितले भावुक हुँदै भने ।

उनीहरूले पाँच महिनादेखिको करिब ५९ हजार साउदी रियाल अर्थात् २२ लाख रुपैयाँ तलब नपाएको गुनासोसमेत गरेका छन् । कम्पनीले तलब दिने बताए पनि टिकट मात्र उपलब्ध गराएको श्रमिकहरूले बताएका छन् ।

गत सेप्टेम्बर २०२३ मा अल फराज इन्टरनेसनल ओभरसिज प्रालिमार्फत साउदीको एलाइट सपोर्टिङ कम्पनी एलएलसी मा मेसन, टिब्वाई र लेबरका रूपमा पुगेका उनीहरूलाई सुरुमा केही महिना तलब दिइएको थियो । तर पछिल्ला नौ महिनादेखि आवासीय कार्ड (इकामा) नवीकरण नगरिएको, पाँच महिनादेखि तलब नदिइएको र दुई महिनादेखि बस्ने कोठामा बत्तीसमेत नबलेका कारण उनीहरूको अवस्था दयनीय बनेको थियो ।

उनीहरूको पीडाबारे नेपालबाट मध्यान्ह राष्ट्रिय दैनिकसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अन्ततः उद्धार सम्भव भएको समितिका सचिव मन सिन्जालीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise