२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

लैंगिक रूपान्तरणमुखी शिक्षा सम्बन्धी अभिमुखीकरण

shivam cement
सन्तोष पौडेल
२०८२ कार्तिक २४ गते २०:५०
Shares
लैंगिक रूपान्तरणमुखी शिक्षा सम्बन्धी अभिमुखीकरण

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ‘लैंगिक रूपान्तरणमुखी शिक्षा सम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रम शिक्षा प्रणालीलाई समावेशी र लैंगिक दृष्टिले उत्तरदायी बनाउने उद्देश्य राखेर आयोजना गरिएको हो । 

कार्यक्रम गेरुवा गाउँपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा सशक्त बालिका परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । 

कार्यक्रममा परियोजना अन्तर्गतका विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

सहभागीहरूले विद्यालयस्तरमै लैंगिक समानता प्रवद्र्धन गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । अभिमुखीकरणका क्रममा शिक्षा क्षेत्रमा विद्यमान लैंगिक विभेद, व्यवहारिक चुनौतीहरू र रूपान्तरणमुखी अभ्यासहरूबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमले शिक्षक, विद्यार्थी र अभिभावकबीच सकारात्मक व्यवहार परिवर्तनका लागि सामूहिक प्रयास आवश्यक रहेको औंल्याएको छ ।

ADV

सम्बन्धित खबर