२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गते

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक २४ गते २०:४९
Shares
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गते

भालुवाङ : लुम्बिनी प्रदेशको सातौँ हिउँदे अधिवेशन मंसिर ८ गते सोमबार बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले जानकारी दिए ।

मन्त्री राणाका अनुसार, अधिवेशनमा स्थानीय तहका कर्मचारीहरूको सेवा–सुविधासम्बन्धी संशोधन विधेयक, लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक प्रस्तुत हुनेछन् ।

साथै विभिन्न समितिका प्रतिवेदन र महालेखा परीक्षकको प्रतिवेदन पनि छलफलका लागि प्रस्तुत हुनेछन् । 

लुम्बिनी प्रदेशमा गत भदौ ३१ गते वर्षे अधिवेशन समाप्त भएको थियो। सरकारले संवैधानिक व्यवस्थाअनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको बताइएको छ ।

ADV

सम्बन्धित खबर