२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

प्याब्सन वीरगन्जको आयोजनामा क्रिकेट प्रतियोगिता सुरु

Nada
महमद सदाब
२०८१ फागुन ३ गते १९:२६
Shares
प्याब्सन वीरगन्जको आयोजनामा क्रिकेट प्रतियोगिता सुरु

वीरगन्ज : निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) वीरगन्जको आयोजनामा शनिबारदेखि अन्तरविद्यालय प्रथम महिला क्रिकेट तथा १२ वर्षमुनिको पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

ncell

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित ज्ञानदा एकेडेमीमा सुरु भएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका थिए ।

प्याब्सन महानगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ (क्यान) पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन उज्जवल घिमिरेले गरेका थिए । स्वागत मन्तव्य प्याब्सन महानगर कमिटी सदस्य मनीषा सिस्काले गरेकी थिइन् ।

उद्घाटन खेलमा छात्रातर्फ ओम नेशनल एकेडेमी र जीवनज्योति मावि तथा छात्रतर्फ कालिकामाई एकेडेमी र लिटल एञ्जल्स स्कुलबीच प्रतिस्पर्धा भएको संयोजक तथा प्याब्सन महानगर सचिव अमित आलोकले बताए । प्रतियोगितामा छात्रातर्फ २१ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागिता जनाएका छन् ।

सम्बन्धित खबर