२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

दसौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

Nada
२०८३ मंसिर ३ गते १२:५५
Shares
दसौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौँ : कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गरी ३२ खेलका ३८४ स्पर्धामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो ।

प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। उद्घाटन र समापन दुवै समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् ।

सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली प्रतियोगितामा सहभागी हुनेछन्। राखेपका अनुसार प्रत्येक टोलीमा ३१४ महिला र ३४६ पुरुष गरी ६६० खेलाडी रहनेछन् । हरेक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक पनि सहभागी हुनेछन् ।

सबैभन्दा धेरै २३ खेल सुर्खेतमा हुनेछन्। नेपालगन्ज, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालीकोट र रुकुम पश्चिममा एक–एक खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय गरी १ हजार ३० निर्णायक खटिनेछन् । खेल संघका ९६ प्रतिनिधि पनि सहभागी हुनेछन् ।

राखेपले यसपटक रजत र कांस्य पदक विजेतालाई पनि पहिलो पटक नगद पुरस्कार दिने जनाएको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ पाउनेछन् । टोलीगत स्पर्धामा स्वर्ण, रजत र कांस्य विजेताका लागि क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।

पटक-पटक सर्दै आएको प्रतियोगिताको मिति पछिल्लो पटक २०८३ साउन २८ गते बसेको राखेपको १२५औँ बोर्ड बैठकले तय गरेको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर