२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

एनपिएलमा पोखराको कीर्तिमानी योगफल, काठमाडौंलाई दियो २२५ रनको लक्ष्य

Nada
२०८३ कार्तिक २९ गते १८:५५
Shares
एनपिएलमा पोखराको कीर्तिमानी योगफल, काठमाडौंलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई एनपिएल इतिहासकै सर्वाधिक २२५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो । एनपिएलको इतिहासमा यो अहिलेसम्मकै ठुलो योगफल हो ।

यसअघि एनपिएलको दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

पोखराका लागि कुशल भुर्तेल र युवराज साम्राले आक्रामक पारी खेले । भुर्तेल शतक बनाउनबाट एक रनले चुके । उनले ५१ बलमा ८ चौका र ८ छक्काको सहयोगमा ९९ रन बनाए । सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८९ रन बनाए । कप्तान चमिका करुणारत्ने १९ र धनन्जय लक्षण २ रनमा अविजित रहे ।

काठमाडौँका लागि करण केसीले २ तथा जहानदाद खानले एक विकेट लिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर