२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

लामिछाने दम्पतीद्वारा विद्यालयलाई ५ लाख ५५ हजार ५५५ सहयोग

Nada
२०८३ कार्तिक २९ गते २०:२९
Shares
लामिछाने दम्पतीद्वारा विद्यालयलाई ५ लाख ५५ हजार ५५५ सहयोग

काठमाडौं : व्यवसायी तथा इन्जिनीयर कुमार लामिछाने दम्पतीले गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ६ मा रहेको संसारी महेन्द्र माध्यमिक विद्यालयलाई आइतबार ५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । 

इन्जिनीयर लामिछाने र उनकी धर्मपत्नी लामिछानेले विद्यालयको ६५औं वार्षिकोत्सव तथा हीरक महोत्सवका अवसरमा विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । 

सोही विद्यालयका पूर्वविद्यार्थी लामिछानेले आफूले शिक्षा हासिल गरेको विद्यालयको विकास र उन्नयनमा योगदान पु¥याउने उद्देश्यले सहयोग गरेका हुन् ।

‘मैले अध्ययन गरेको विद्यालयप्रतिको माया, गुरुजनप्रतिको सम्मान र नयाँ पुस्ताको शैक्षिक भविष्यप्रतिको जिम्मेवारीबोधका साथ आर्थिक सहयोग गरेको हुँ,’ इन्जिनीयर लामिछानेले भने । इन्जिनीयर लामिछाने आफ्नो ब्याचका उत्कृष्ट विद्यार्थीसमेत हुन् ।

सिरानचोक गाउँपालिका वडा नं ६, विद्यालय व्यवस्थापन समिति तथा समग्र विद्यालय परिवारले लामिछानेप्रति हार्दिक आभार व्यक्त गर्दै उनको सहयोगले विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । 

विद्यालयको इतिहास, गौरव र उज्ज्वल भविष्य निर्माणका लागि पूर्वविद्यार्थीबाट प्राप्त यस्तो सहयोगले अन्य पूर्वविद्यार्थी तथा समाजसेवीलाई पनि आफ्नो विद्यालयप्रति योगदान गर्न प्रेरित गर्ने विद्यालयको अपेक्षा छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर