२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

रौतहटमा एमालेको जनवर्गीय संगठन सुदृढीकरण कार्यक्रम

सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २४ गते २१:४५
रौतहटमा एमालेको जनवर्गीय संगठन सुदृढीकरण कार्यक्रम

रौतहट : रौतहट गरुडामा नेकपा एमालेको जनवर्गीय संगठन सुदृढीकरण एवम् परिचालन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार गरुडास्थित नेकपा एमालेको पार्टी कार्यालयमा पार्टीको जिल्ला उपाध्यक्ष एवम् जनसंगठन समन्वय संयन्त्र प्रमुख रुपेश पटेलको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठनहरुलाई सुदृढीकरण एवम् परिचालन गर्नका लागि पार्टीको जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा मध्य रौतहटको गरुडा नगरपालिका नेकपा एमालेको पार्टी कार्यालय गरुडामा उक्त कार्यक्रम सम्पन्न भएको जिल्ला उपाध्यक्ष रूपेश पटेलले बताए ।

संगठनहरुलाई सुदृढीकरण एवम् परिचालन गर्न तथा बाँकी रहेका अधिवेशन गर्न निर्देशन एवम् केन्द्रीय कार्यशालामा सहभागी हुने जस्ता विभिन्न कार्यहरु तथा संगठन सुदृढीकरण लगायतका कार्यहरु गरेर पार्टी सम्बन्धी विभिन्न आवश्यक कागजात उपलब्ध गराउन निर्णय गरिएको बताए ।

कार्यक्रममा केन्द्रीय ले.आ.सदस्य राजकिशोर प्रसाद यादव, पार्टी जिल्ला अध्यक्ष सचितानन्द साह, सचिव बाबुराम दहालको आतिथ्यता तथा पार्टीमा आबद्ध विभिन्न जनसंगठनका केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरुको उपस्तिथिमा बैठक बसेको उपाध्यक्ष रूपेश पटेलले जानकारी गराए ।

ADV

सम्बन्धित खबर