÷मध्यान्ह
सर्लाही, २० वैशाख
सर्लाहीको हरिवन नगरपालिका–१, डुम्रीघारीमा घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुसी भएका छन् ।
वर्षौदेखि हरिवन खोलामा जरुवाको पानी पिउँदै आएका स्थानीय अहिले भने घरमै खानेपानीको धारा झरेपछि मख्ख परेका छन् ।
वडा कार्यालयले चालू आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट चुरेफेदीको एकान्त ठाउँमा पर्ने डुम्रीघारीमा खानेपानीको सुविधा पुु¥याइएको हो ।
चुरेपाखास्थित पहेँली खोल्सामा रसाएको पानी पाइपमार्फत बस्ती नजिकै १५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरेर पानी जम्मा गरिएको छ । ट्यांकीमा संकलन भएको पानी स्थानीयको घरघरका धारामा पठाइएको हो ।
डुम्रीघारीका स्थानीय दिलबहादुर बलम्पाकी वर्षौदेखि खोलाको पानी पिउँदै आएकोमा अहिले घरमै खानेपानीको धारा झर्दा आधा दुःख हटेको अनुुभूति भएको बताए । ‘तल खोलाबाट गाग्रोमा पानी बोकेर यो उकालोमा थरर काम्दै आउनुुपथ्र्यो,’ बलम्पाकीले भने,‘अब त त्यस्ता दुःखको दिन ट¥र्यो ।’ डुम्रीघारीका स्थानीयले हरिवन खोलामा कुवा खनेर पिउने पानी, सरसफाई र चौपायलाई खुवाउँदै आएका थिए ।
डुम्रीघारीकी पूर्णिमाया बलम्पाकीले खानेपानीका लागि खोला–खोला भौतारिनुपर्ने बाध्यता टरेकोमा खुसी व्यक्त गरे । उनले भने‘खोलामा दर्जनौ ठाउँमा जरुवा पानी खोज्दाखोज्दै आधा दिन जान्थ्यो तर अहिले धारा आएपछि खानेपानीका लागि सुःख पाएका छौँ ।’
डुम्रीघारीमा ९ घरधुरीले खानेपानी उपयोग गरिरहेका छन् । दुुई महिना अघिदेखि खानेपानीको सुविधा भएपछि अन्य स्थानीयले पनि धमाधम धारा जडान गर्न थालेका छन् । हरिवन नगरपालिका १ का वडाध्यक्ष टमबहादुर घिसिङले भने, ‘वडाले विनियोजन गरेको पाँच लाख रुपियाँ बजेटबाट खानेपानीको ट्यांकी निर्माण गरी अहिले ९ जना स्थानीयको घरको धारासम्म पानी पुु¥याउन सफल भएका छौं ।’
चुरेभेगको विकट पहाडैपहाड रहेको आफ्नो वडामा अब सिन्धुलीको सीमामा पर्ने बेलडाँडाका ४०÷४५ घरधुरीमा खानेपानी सुविधा पुुग्न बाँकी रहेको वडाध्यक्ष घिसिङले जानकारी दिए ।
अहिलेसम्म केराबारी, थामी टोल, कोठी खोला, सखुवनी र डुम्रीघारीका चारसय भन्दा बढी घरधुरीमा खानेपानी सुविधा पुु¥याइसकिएको उनले बताए ।
बिलन्दी र भोक्टेनीमा खानेपानीका लागि काम हुँदै छ । बाँकी रहेको बेलडाँडामा पनि अब दुुई वर्षभित्र लिफ्टिङ गरेर पानी पुु¥याउने योजना बनाएको बताए ।